बिहीबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ जना पुगेको छ । बिहीबार थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार २ सय ४९ जना उपचारपछि निको भएका छन् । नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
मंगलबारसम्म नेपालमा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय