नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका ११६ सहित नेपालमा संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।
बुधबार थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ११ हजार २५ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव २ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ । रौतहट निवासी एक पुरुषको कोरोनाबाट मृत्यु भएको गौतले बताए ।
बुधबार ५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ। हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको छ ।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय