निजी स्कुलहरुले भोलि साउन १ गतेबाट शिक्षण सिकाइका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने भएका छन् ।
निजी स्कुलका सञ्चालकहरुको छाता सङ्गठनहरु निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)ले विद्यालय सञ्चालन गर्न शुल्क उठाउन पाउनुपर्ने माग गर्दै आएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहमति नदिए पनि उनीहरुले आज साउन १ गतेबाट सबै शिक्षण सिकाइ क्रियाकलाप स्थगित गर्ने निर्णय गरेको हो ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय प्याब्सनका अध्यक्ष ऋतु सापकोटाले संयुक्तरुपमा विज्ञप्ति जारी गरि सो जानकारी दिइएका छन् ।
दुवै संस्थाले निजी स्कुलमा कार्यरत शिक्षक र कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय समेत गरेका छन् ।
बिज्ञप्ति:


प्रकाशित मिति: आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय