हिमाल दैनिक
पोखरामा थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ। पोखरा स्वास्थ्य निर्देशनालयले अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा दुई पुरुषमा कोरोना पुष्टि भएको हो। संक्रमित हुने २५ र ३८ बर्षिय पुरुष रहेका छन्। त्यस्तै स्याङ्जामा १ जना र पर्बतमा २ जनामा पनि संक्रमण देखिएको छ। पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा दुई पुरुष र १ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ। संक्रमित पर्बत जिल्लाको मोदी गाउँपालिकाका २५ बर्षिय पुरुष र ३१ बर्षिय महिला र स्याङ्जा जिल्लाको चापाकोट गाउँपालिका का २८ बर्ष पुरुष रहेका छन् । यो सगँ कास्कीमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ भने १३ जना आसोलेसनमा रहेका छन् । त्यसै गरी पर्वतमा ९८ जना र स्याङजामा २ सय ५ जना संक्रमित पुगेका छन् । यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १३५० पुगेको छ। त्यस्तै कोरोना संक्रमणबाट निको हुनेको संख्या १०१९ पुगेको छ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update