हिमाल दैनिक
सार्वजनिक सवारी आज देखि सुचारु (भिडियो सहित)
rnac
सरकारसँग सहमतिसँगै लकडाउनका कारण बन्द भएका सार्वजनिक सवारी बिहीबारदेखि सञ्चालनमा आएका छन् । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सोमबार भएको छलफलपछि व्यवसायी गाडी चलाउन तयार भएका थिए । जसअनुसार स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै गाडी चलाइएको यातायात व्यवसायी र मजदुर संगठनहरुले जनाएका छन् । यसअघि केहि कम्पनीले सार्वजनिक गाडी सञ्चालन गरेपनि यातायात व्यवसायी महासंघ अन्तर्गतका कम्पनीहरुले भने सवारी चलाएका थिएनन् । सावर्जनिक सवारी चल्दा सडकमा चाप बढेको छ । https://www.facebook.com/himaldainik/videos/356701915318416/ सरकारले असार २६ बाट जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनसार एकजिल्लाबाट अर्को जिल्लामा जान पाउनेगरी सवारी चलेका छन् । लामो दूरीको सवारी साधान भने भदौ १ गतेबाट सञ्चानमा आउनेछन् ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update