हिमाल दैनिक
भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए
covid-pcr
कोरोना भाइरसको महामारी जतातै व्याप्त छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबिाट विश्वमा १ करोड ५९ लाख ३९ हजार १७५ जनालाई संक्रमण भएको छ भने ६ लाख ४२ हजार ६२२ जनाको मृत्यु भएको छ । त्यस्तै ९७ लाख २३ हजार ३६५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३१ हजार ४०६ जनाको मृत्यु भएको छ भने १३ लाख ३७ हजार २२ जनालाई संक्रमण भएको छ । त्यहाँ ८ लाख ५० हजार १०७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच शुक्रवार मात्रै भारतमा आज सम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । त्यहाँ शुक्रवार ४८ हजार ८९२ जना संक्रमित थपिएका हुन् । त्यस्तै ७६१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update