गण्डकी प्रदेशमा थप ५ जनामा कोरोनाको संक्रमण देखिएको छ। पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा स्याङ्जामा १, बाग्लुङ्गमा १,तनहुँमा १ र म्याग्दीमा २ जना गरी ५ जनामा कोरोनाको संक्रमण देखिएको हो।
संक्रमित हुने २३ देखि ३७ बर्षका पुरुषहरु रहेका छन्। पछिल्लो समय कोरोनाको संक्रमण गण्डकी प्रदेशमा पनि बढ्दै गएको छ। यस ले सबैभन्दा बढी स्याङ्जा जिल्लामा प्रभावित परेको छ। हिजो मात्र स्याङ्जामा २५ जनामा संक्रमण देखिएको थियो। संक्रमण बढ्दै गएपछि पुतली बजारक्षेत्र १० दिनको लागि सिल गरिएको छ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४३५ पुगेको छ भने ४ जना मृत्यु भएको छ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय