
देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमाभित्र बुधबारबाट कोरोना परिक्षण सुरु गरिएको छ । सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरूको बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
कोरोना संक्रमण समुदायमा फैलिएको वा नफैलिएको बारे अध्ययन गर्नका लागि परीक्षण गरिउको हो । विभिन्न मन्त्रालयका बढी जनसम्पर्कमा रहने कर्मचारीको नामावली संकलन गरी स्वाब लिइएको हो । कोरोना परिक्षणको समन्वय नेपाली सेनाले गरेको छ । सिंहदरबारभित्र सेन्ट्रल क्यान्टिन र प्रहरी वृत्त अगाडिको खाली ठाउँमा स्वाब संकलन गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय