गृह मन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा पुलिस क्लब प्रदर्शनमार्ग अगाडि धर्ना दिइएको छ । सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय प्रवेश गर्न खोज्दा पाँच जना पक्राउ परेको बिरोधमा अभियान्ताहरुले पुलिस क्लबबाहिरै धर्ना दिएका हुन् ।
‘इनफ इज इनफ’ अभियन्ताहरुले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्ने भन्दै देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन् । धर्नामा पुगेकी विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले सूचनाको हक प्रयोग गर्दा गैरन्यायिक हिसावमा प्रक्राउ गर्नु उचित नभएको भन्दै आफुहरुको विरोध रहेको बताईन ।
प्रहरीले पक्राउ परेका सवैलाई रिहा गरेको छ । पक्राउ परेका एक अभियान्ताले आफुहरुको सूचनाको हक सम्बन्धी निवेदन पनि दर्ता नगरेको र पक्राउ परेको बताए । उनीहरुले आफुहरुलाई रिहा गरेपछि पनि पुलिस क्लव अगाडी धर्ना दिएको बताए ।
असार २३ गते अभियान्ताहरुले उठाउँदै आएका माग पुरा गर्ने प्रतिवद्धता सरकारले जनाएको थियो । तर सरकारले जनाएको प्रतिवद्धता पुरा नभएको भन्दै इनफ इज इनफ अभियानले पुन आन्दोलन सुरु गरेको हो ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय