हिमाल दैनिक
नेपालमा सोमबार थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा रहेको प्रयोगशालामा परिक्षण गर्दा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २० हजार सात सय ५० पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । संक्रमितहरुमध्ये ५१ जना काठमाडौंका रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ४३, ललितपुर ३ र भक्तपुर ५ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो । यस्तै सोमबार तीन सय ५८ जना निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १४ हजार नौ सय ६१ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । हाल पाँच हजार सात सय ३२ जना आइसोलेसनमा रहेका छन् । १० हजार चार सय ५२ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update