हिमाल दैनिक
आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर लागु
jor-bijor
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भिडभाड कम गर्न सरकारले बिहीबारदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु गरेको छ । गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको हो । नयाँ नियम अनुसार बिहीबार साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र सञ्चालनमा आएका छन् । लकडाउन खोलेपछि नेपालमा झन् कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । बिहीबारदेखि नै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा पनि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update