
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सांसद अजय कुमार चौरसियामा कोरोनाको संक्रमण देखिएको छ। पर्सागढी नगरपालिकाका मेयर लगायत अन्य ब्यक्तिहरुसंग कन्ट्याक ट्रेसिङ् गर्दा चौरसियामा पनि कोरोनाको संक्रमण पुष्टि भएको हो ।
पर्सागढी नगरपालिकाका मेयरमा भने संक्रमण पुष्टि भएको छैन। स्रोतका अनुसार चौसरिया सुगरका बिरामी थि। पछिल्लो समय उनि बिरामी भएका थिए। संक्रमण भएको पुष्टि भईसकेपछि अहिले उनि विरगंजस्थति आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेका छन्।
त्यस्तै आजमात्र पर्सामा अन्य ४३ जनामा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमित मध्य १० जना नेपाली सेनाका जवान रहेको बताइएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ७ देखि ७३ वर्ष उमेरका ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ। उनि हरु सबै कन्ट्याक्ट ट्रेसिङ का मध्यमबाट संक्रमण पुष्टि भएको हो। हिजो मात्र विरगंजमा १३३ जनामा कोरोनाको संक्रमण देखिएको थियो। पछिल्लो समय विरगंजमा संक्रमण दर ह्वात्तै बढ्दै गएको छ। साउन महिनामा मात्र ७ सय बढीमा कोरोनाको संक्रमण देखिएको छ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय