हिमाल दैनिक
दाहाल परिवारको कोरोना रिपोर्ट नेगेटिभ
prachanda
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित उनका सम्पुर्ण परिवारका सदस्यको कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ। अध्यक्ष दाहालका परिवारको गरिएको कोरोना परिक्षण नेगेटिभ आएको उनकी कान्छी छोरी गंगा दाहालले जानकारी दिईन। हिजो दाहाल लगायत सम्पुर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुको कोभिड-१९ स्वाव परीक्षण गर्दा बाहिरी घेरामा रहने ६ जना सुरक्षाकर्मीलाई मात्र संक्रमण देखिएको हो । प्रचण्डले परिवार सहित ५३ जनाको निजी प्रयोगशालामा परिक्षण गरिएको बताइएको छ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update