हिमाल दैनिक
न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल
new-road
काठमाण्डौका मुख्य व्यापारिक क्षेत्र न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रलाई सिल गरिएको छ । कोरोना संक्रमित देखिएपछि काठमाण्डौले न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रलगायत व्यापारिक केन्द्र सिल गरिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । सो क्षेत्रलाई सिल गरिएपनि केहि बजार र पसलहरु भने खुलेका छन् । पसल खुल्ला भएपछि सर्वसाधारणहरुको चहलपहल बाक्लो देखिएको छ । जसका कारण कोरोना संक्रमणको जोखिम पनि बढेको छ । त्यस्तै न्युरोड, असन, इन्द्रचोक लगाएतका क्षेत्रमा पसल बन्द गर्न वडाले नै सूचना पनि टासेको छ । तर केहि व्यापारिहरुले त्यसलाई अटेर गरेका छन् । पछिल्लो केही हप्तायता काठमाण्डौ उपत्यका कोरोनाको उच्च जोखिममा रहेको छ । लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update