
कोरोना सक्रमणको दर बढ्न थालेपछि सरकारले लागू गरेको जोर–बिजोर प्रणाली प्रभावकारी देखिएको छ ।
जोर–बिजोर प्रणालीका कारण काठमाडौं उपत्यकामा सवारी चाप पनि कम देखिएको छ । काठमाडौंको चावाहील, कोटेश्वर बानेश्वर लगाएतका क्षेत्रको जाम पनि कम भएको ट्राफिक महाशाखाले जनाएको छ । पछिल्लो केही दिनयता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली सुरु गरेको थियो । ट्राफिक महाशाखाले उपत्यकाका बिभिन्न स्थानमा चेकप्वान्टमार्फत जोर बिजोेर सवारीको जाँच गरिरहेको छ ।
सरकारले भाद्र १ गतेदेखि लामो दूरीका सवारी सञ्चालन गर्न दिने निर्णय गरेपनि पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि अन्यौल उत्पन्न भएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय