हिमाल दैनिक
कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथाममा गम्भीर हुने भन्दा विचौलीयहरुको स्वार्थ सिद्ध गर्न उद्दत भएको आरोप लागेको सरकारले महामारीमा राज्यको जिम्मेवारीबाट पन्छिएर फेरि निजी मेडिकल अस्पताल संचालको पक्षपोषण गर्ने गरी सूचना जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको सूचनामा घना वस्ती भएका जिल्ला र शहरहरुमा संक्रमितको संख्या निरन्तर बढ्दै गएको अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेण्ट, होटल तथा उद्योग व्यवसायमा संलग्न व्यक्तिहरुमा संक्रमणको जोखि अत्याधिक भएको भन्दै उनीहरुको परिक्षणका लागि सार्वजनिक सूचना जारी गरेको हो। मन्त्रालयका सहसचिव समिरकुमार अधिकारीले जारी गरेको सूचना अनुसार, त्यस्ता व्यवसायमा संलग्न कर्मचारी तथा व्यवसायीहरुले व्यवसायीकै खर्चमा अनिवार्य पिसिआर परिक्षण गर्न गराउन निर्देशन दिएको छ। सरकारले सुरुमा निजी अस्पतालमा १५ हजार रुपैयाँमा परिक्षणको जिम्मेवारी दिने निर्णय लिएको सरकारले त्यसको चौतर्फी विरोध भएपछि उक्त निर्णय फिर्ता लिएको थियो। तर, पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारी अस्पतालसँगै केही निजी अस्पताललाई पनि पाँच हजारदेखि ५५ सयसम्म लिएर पिसिआर परिक्षणको अनुमति दिएको छ। यसरी सरकारले आफ्नै खर्चमा अनिवार्य पिसिआर परिक्षण गर्नु पर्ने प्रावधानले पुनः निजी अस्पताललाई पोस्ने स्थिति बढेर गएको छ।  
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update