नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न ३९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा काठमाडौं उपत्यका ११९ जना पनि रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । हालसम्म नेपालमा २५ हजार ५५१ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार थप गत २४० जना डिष्चार्ज भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।
हालसम्म कोरोना संक्रमण मुक्त भइ १७ हजार ७७ जना डिचाष्र्ज भएका छन् । नेपालमा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।
हालसम्म नेपालमा ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल क्वारेन्टाइनमा १४ हजार ६३८ जना रहेका छन् भने ७ हजार ९१३ आइशोलेशनमा छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय