नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ६४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
आइतबार १३४ जना डिष्चार्ज भएका छन् भने हालसम्म १७, ३३५ जना डिष्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ९२२१ रहेको छ । त्यस्तै मोरङ र पर्सामा थप एक–एक जनाको मृत्यु भएको उनले बताए ।
त्यस्तै आइशोलेशमा ८७२४ जना र क्वारेन्टाइनमा १५, २४३ जना रहेका छन् । हालसम्म ५ लाख १७ हजार ९०५ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय