राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल प्रकाशित गरेको छ ।
सोमबार बोर्डको कार्यालय भक्तपुरमा बसेको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको बताए ।
शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार लाख ८२ हजार नौ सय छयासी जनाले फारम भरेका थिए । कोरोनाका कारण विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनलाई प्रमाणीकरण गरी एसईईको नतिजा सार्वजनिक गरिएको पौडेलले जानकारी दिए ।
यसवर्ष सार्वजनिक गरिएको नतिजामा जिपिएको विवरण खुलाइएको छैन् । पुनरयोग तथा ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको पौडेलले जानकारी दिए । परिक्षाफल प्रमाणीकरणमा केहि कारणले त्रुटि देखिए सम्बन्धीत बिद्यालयको सिफारिससहित ३५ दिनभित्र सम्बन्धी शिक्षा बिकास तथा समन्वय इकाइमा निवदेन दिनुपर्ने बोर्डका अध्यक्ष पौडेलले बताए ।
बोर्डले तीन जना परिक्षार्थीको नतिजा स्थगित गरिएको जनाएको छ । सरकारको निर्णय अनुसार २०७६ को एसइइको विद्यालयले नै आन्तरिक मुल्याङ्कन गरेको थियो । कोभिड–१९ को संक्रमण बढ्दै गएको र विद्यालय समेत क्वारेन्टाइनका रुपमा प्रयोग भएकाले पहिले जस्तै गरी परीक्षा लिन नसक्ने अवस्था भएपछि मन्त्रिपरिषदले ०७६ को एसईईको विद्यालयले गरेको आन्तरिक मुल्याङकनका आधारमा ग्रेडसिट दिने निर्णय भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय