हिमाल दैनिक
मकवानपुरको हेटाँैडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति हेटाँैडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटाँैडा–४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटाँैडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उक्त मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । हेटाँैडा वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थियो । कोरोना सङ्क्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update