नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार पाँच सय २२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार नौ सय ३८ पुगेको छ । बुधबार काठमाडौंका ४५ जना महिला र ८९ जना पुरुष, भक्तपुरका २ जना महिला र ६ जना पुरुष, ललितपुरका ७ जना महिला र १० जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बुधबार एक सय २० जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या १७ हजार सात सय पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २० पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
अहिले ११ हजार एक सय १८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १३ हजार पाँच सय ७१ जना क्वरेण्टीनमा रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय