हिमाल दैनिक
सरकारले कोरोनाभारइसको पिसिआर परीक्षणको लागि अहिलेसम्म ३ अर्ब बढी खर्च भएको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणको लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जानकारी दिए । हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण भएको उनले बताए । प्रवक्ता गौतमले एकजना संक्रमित भेटाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको पनि बताए । प्रवक्ता गौतमले एक हजार जनाको पीसीआर परीक्षण गर्नको लागि पीपीई सेट बाहेक प्रयोगशालामा मात्रै पाँच हजार पाँच सय रुपैयाँ खर्च हुने जानकारी दिए । यस्तै आईसीयूमा राखेर उपचार गर्दा झनै बढी खर्च हुने उनले बताए । प्रवक्ता गौतमले एकजनालाई ३० दिन आईसीयूमा राख्दा चार लाख ५० हजार रुपैयाँ खर्च हुने जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update