हिमाल दैनिक
नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ८१८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ हजार नौ सय ३५ पुगेको छ । त्यस्तै आइतबार थप दुई सय ८१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार ६ सय ३१ पुगेको उनले जानकारी दिए । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । योसंगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । हाल नेपालमा १३ हजार एक सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ११ हजार चार सय १४ जना क्वरन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update