हिमाल दैनिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्न प्रशासन कार्यालयलाई जानकारी गराइसकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनरात नभनी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी माथि दुव्र्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने बताएका हुन्। दुव्र्यवहार गर्ने व्यक्तिलाइ कारबाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । दोषि सबैलाई कानूनी कारबाही हुने उनले बताए । उनले स्वास्थ्यकर्मीलाई यस किसिमको दुव्र्यवहार नगर्न आग्रह पनि गरे । साउन ३० गते चितवनस्थित रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विश्वबन्धु बगालेको घरमा कोरोना संक्रमित भन्दै केही व्यक्ति ब्यानर टाँस्न पुगेको थिए । यस्तै, शनिबार बिहान सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको ठाउँमा स्थानीयहरुले हुल हुज्जत गरेका थिए ।
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update