हिमाल दैनिक
विष्णुपुर गाउँपालिकास्थित जनता मावि खुरहुरियाका एक ५१ वर्षीय प्रधानाध्यापकको आज मृत्यु भएपछि स्वाब सङ्कलन गरिएको छ । रुपनी गाउँपालिका–४ भथौल निवासी उहाँको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । बिहान घुमेर घर आइ खाना खाएर सुतेका उहाँ उठेपछि रिंगटा लागेर बेहोस हुँदा बिष्णुपुर गाउँपालिकाको एम्बुलेन्समा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले अस्पताल आइपुग्नु अगावै मृत्यु भएको जानकारी दिदै हृदयघातको सम्भावना व्यक्त गरे । स्वाब सङ्कलनपछि शवलाई परिवारको जिम्मा लगाइने बताइएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update