डेढ घण्टामै शेयर बजार बन्द
                        
                        
                                                
                                            
                        आज शेयर मार्केटमा तीन पटक सम्म सर्किट लागेपछि आजको कारोबार बन्द भएको छ। बुधबार बिहान ११ बजेबाट खुलेको शेयर बजार डेढ घण्टामै ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको छ।
आज बजार खुलेको ३५ मिनेटमै ५ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको थियो। ४० मिनेट पछि सुचारु भएको बजार फेरी दुई पटक सर्किट लागेपछि आजको कारोबार बन्द गरिएको हो।
१ घण्टा २३ मिनेटमा ६ प्रतिशत अर्थात् ७५.७७ अंकले बढेपछि १३३६.५३ अंक पुगेको छ। उक्त समयमा आज ४० करोड ७३ लाख को कारोबार भएको छ। आज होटेल बाहेक सबै उपसमूहमा वृद्धि भएको छ। होटेल समूहमा ५ अंकले घटेको छ भने बैंकिङ ८२, व्यापार ३३, विकास बैंक ५७, जलविद्युत ३३, फायनान्स ४, निर्जीवन बीमा समूह ३२२, उत्पादन १०२, अन्य २०, माइक्रोफाइनान्स १०१, जीवन बीमा ५४८ अंकले बढेको छ।
                        
                    
                प्रकाशित मिति: आइतबार, असार १४, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

