शेयर बजार खुलेको ३५ मिनेटमै सर्किट ब्रेक
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा आज पनि सर्किट ब्रेक लागेको छ। बुधबार बिहान शेयर बजार खुलेको ३५ मिनेटमा नै ५ प्रतिशतले वृद्धि भएपछि आज पनि सर्किट ब्रेक लगाइएको हो।
आज नेप्से ६३ दसमलव छ अंकले बढेर १३ सय २३ दसमलव ८१ अंक पुगेको छ। त्यस्तै सेन्सिटिभ इन्डेक्स १२ दसमलव २१ अंकले बढेर दुई सय ८४ दसमलव १३ अंकमा पुगेको छ ।
३५ मिनेटको अबधिमा एक सय १० वटा कम्पनीहरुले कारोबार गरेका छन्। उक्त अबिधिमा छ लाख ९० हजार सात सय ५८ कित्ता खरिद तथा बिक्रि भएको छ। जसले गर्दा १८ करोड ६६ लाख ७९ हजार चार सय एक एक रुपैयाँ को कारोबार भएको छ। नेप्से ४० मिनेट पछि पूर्ण सुचारु हुनेछ। मंगलबार पनि ३ पटक सम्म सर्किट ब्रेक भएको थियो। हिजो नेप्सेमा कूल ७२.०५ बिन्दुले बजार उकालो लागेको थियो। प्रतिशतका आधारमा ६.०६ ले नेप्से बढोत्तरी भएको थियो।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय