आज सुनको मुल्य कति ?
                        
                        
                                                
                                            
                        नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।बिहिबार प्रति तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार भने १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रति तोलामा ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै आज चाँदीको मुल्य भने यथावत नै रहेको छ। आइतबार देखि चाँदी ९ सय ४५ रुपैयाँमा कारोबार भईराखेको महासंघले जनाएको छ ।
कोरोनाका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार जेष्ठ २५ गते बाट शुरु भएको थियो। सुनको मुल्य प्रति तोला ८७ हजार ४०० तय गरिएको सुन आज सम्म आइपुग्दा ३ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ।
                        
                    
                प्रकाशित मिति: शनिबार, असार १३, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

