आज सुनको मुल्य ९१ हजार एक सय
                        
                        
                                                
                                            
                        पछिल्लो समय सुनको मुल्य आकासिने क्रम जारी राखेको छ। आज सुनको मुल्य प्रतितोलामा ५०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रति तोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज ५०० ले वृद्धि भएको छ ।
महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ६६५ तोकेको छ ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु ९४५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।
कोरोनाका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार जेष्ठ २५ गते बाट शुरु भएको थियो। सुनको मुल्य प्रति तोला ८७ हजार ४०० तय गरिएको सुन १८ दिनसम्म आइपुग्दा तिन हजार ७ रुपैयाँ वृद्धि भएको छ।
                        
                    
                प्रकाशित मिति: आइतबार, असार ७, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

