हिमाल दैनिक
नेपाली बजारमा आज पहिलो धातुको मूल्य लगातार ओरालो लागको छ। बुधबार ४०० रुपैयाँले घटेको सुन बिहिबार भने ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रति तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहिबार भने ८०० रुपैयाँले घटेर ८१ हजार ५०० रुपैयाँ पुगेको हो। त्यस्तै तेजावी सुन प्रति तोलामा८१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै आज चाँदीको मुल्य प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार हुदैआएको छ । बिहिबार चाँदीको मुल्य प्रतितोला ८८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६