
चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड(१९ को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध चिकित्सकहरुका लागि अत्यावश्यक पीपीईको अभाव भइरहेका बेला फाउन्डेसनले आफ्नै पहलमा अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइन÷आइसोलेसन केन्द्रहरूमा सहयोग स्वरुप पीपीइू वितरण गरेको फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
धेरैभन्दा धेरै स्वास्थ्य केन्द्रहरूमा सुरक्षा सामग्री वितरण कार्य जारी राखिने पनि विज्ञप्तिमा उल्लेख छ।
फाउन्डेसनले सुरक्षा सामग्री वितरण गरेका स्वास्थ्य केन्द्रहरूको प्रदेशगत विवरण अनुसार, प्रदेश १ को चार स्थानहरुः अस्थायी कोरोना सेन्टर, विराटनगर, मेची अस्पताल, भद्रपुर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र उदयपुर जिल्ला अस्पताल रहेका छन्।
प्रदेश २ को सात स्थानहरु, जानकी मेडिकल हस्पिटल, जनकपुर, प्रादेशिक केन्द्र अस्पताल, जनकपुर, स्वाव परीक्षण प्रयोगशाला, जनकपुर, नारायणी अस्पताल, वीरगन्ज, राजविराज अस्पताल, सप्तरी, कौडेना हेल्थपोस्ट, सर्लाही र मलंगवा अस्पताल, सर्लाही रहेका छन्।
प्रदेश ३ को १८ स्थानमध्ये कान्ति बाल अस्पताल, काठमाडौं, त्रिवि शिक्षण अस्पताल, काठमाडौं, वीर अस्पताल, काठमाडौं, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकु, काठमाडौं, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौं, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर, माइती नेपाल, गौशाला, काठमाडौं, कोरोना उपचार केन्द्र, चितवन, चितवन जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, हेटौंडा, विपद् व्यवस्थापन केन्द्र, काठमाडौं, सशस्त्र प्रहरी बल, बलम्बु, काठमाडौं, मध्यपुर ठिमी अस्पताल, भक्तपुर, शीर मेमोरियल अस्पताल, काभ्रे, गुञ्जवान अस्पताल, टाँडी, चितवन, धादिङ जिल्ला अस्पताल, मुग्लिन हस्पिटल, चितवन रहेका छन्।
प्रदेश ४ को ८ स्थानमध्ये मध्यबिन्दु अस्पताल, कावासोती, प्राथमिक स्वास्थ्यचौकी, दुम्कौली, नवलपुर, पिताउन्जी स्वास्थ्यकेन्द्र, नवलपुर, सहज अस्पताल, गैंडाकोट, मातृशिशु मितेरी अस्पताल, कास्की, पर्वत जिल्ला अस्पताल, बागलुङ जिल्ला अस्पताल, गोरखा जिल्ला अस्पताल रहेका छन्।
प्रदेश ५ को आठ स्वास्थ्य केन्द्रमध्ये, भीम अस्पताल, भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही, आयुर्वेद अस्पताल, दाङ, प्रदेश प्रहरी अस्पताल, नेपालगन्ज, पाल्पा जिल्ला अस्पताल, रेउघा अस्पताल, रोल्पा, बर्दिया जिल्ला अस्पताल, देवदह क्वारन्टिन सेन्टर, रुपन्देही रहेका छन्।
प्रदेश ६ को दुई अस्पतालहरु रुकुम पश्चिम अस्पताल र सुर्खेत जिल्ला अस्पताल तथा प्रदेश ७ का दुई अस्पतालमध्ये कैलाली जिल्ला अस्पताल र महेन्द्रनगर जिल्ला अस्पताल रहेका छन्।
पहिलो चरणको वितरण सकिएसँगै फाउन्डेसनले परीक्षण किट, एन९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्री वितरणमा ध्यान केन्द्रित गरेका बताइएको छ। चीनका विभिन्न शहरमा तयार पारेर राखिएका यी सामान नेपाल आउनेबित्तिकै द्रूत गतिमा त्यी सामाग्री पनि वितरण गरिने पनि फाउन्डेसनले बताएको छ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय