धरान उपमहानगरपालिकामा कांग्रेसका तिलक राई ३३४ मतले अगाडि बढे
चुनाव प्रणालीको सुरुवात भएयता कहिल्यै नजितेको धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारले राम्रो नतिजा ल्याउने दिशातर्फ उन्मुख भएका छन्।
शनिबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मतगणना परिणाम अनुसार, कांग्रेसका तिलक राईले ६ हजार ७ सय ५७ मत ल्याएर अग्रता लिएका छन्। उनलाई नेकपाका प्रकाश राईले ६ हजार ४ सय २३ मत ल्याउर पछ्याइरहेका छन्।
कम्युनिष्टहरुको गढका रुपमा परिचित उक्त उपमहानगरपालिकामा तिलक राईले अनपेक्षित रुपमा सुधार गर्दै ३ सय ३४ मत अन्तरले अग्रता लिन सफल भएका छन्। यसअघि उनी नेकपाका उम्मेदवारलाई कहिले १७ त कहिले ५७ मत अन्तरले पछ्याइरहेका थिए।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय