बागलुङबाट नेकपा र राजमोको साझा उम्मेदवार: खिमविक्रम शाही

मङ्सिर १४ गते हुन लागेको उप-निर्वाचनमा बागलुङको निर्वाचन क्षेत्र नं २ (ख)को प्रदेशसभाका लागि राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार खिमविक्रम शाहीको उम्मेदवारी दिएका छन्। शाहीले वामपन्थी दलहरुको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।
मनोनयन दर्ता गराउन राजमो तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयुक्त र्याली बागलुङको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो। र्यालीमा राजमोका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेल, राजमोका पूर्व सचिव कृष्ण अधिकारी, नेता आनन्द शर्मा, राजमो बाग्लुङका अध्यक्ष अमर थापा लगायत थिए।
गएको निर्वाचनमा राजमोका टेकबहादुर घर्ती निर्वाचित भएका थिए । उनि बिरामी भएका थिए र उनको निधन भएपछि सो क्षेत्रको प्रदेशसभा सदस्य रिक्त अवस्थामा छ ।
त्यस्तै कांग्रेसका तर्फबाट जित बहादुर शेरचनले आफ्नो उम्मेदवार दिएका छन्। उनि यस अघिको निर्वाचनमा राजमोका टेकबहादुर घर्तीसंग प्रतिस्पर्धा गरका थिए। उनि घर्तिसंग तीन हजार मत अन्तरले पराजित भएका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय