स्थानीय तहको निर्वाचानका लागि मनोनयन दर्ता जारी
मङ्सिर १४ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुदैछ। निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारहरुले आज बिहान १० बजे देखि दिउसो १ बजे सम्म निर्वाचन अधिकृतको कार्यालयमा गई आफ्नो मनोनयन दर्ता गर्नुपर्ने जनाएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाका लागि कार्तिक २१ गते मनोनयन दर्ताको कार्यक्रम संचालन गरेको थियो। सोहि अनुरुप आयोगले प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारहरुलाई मतदान चिन्ह पनि वितरण गरिसकेको छ।
स्थानीय तहमा एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका स्थान रिक्त ठाउँमा उपनिर्वाचन हुन लागेको हो। मनोनयन दर्ता छुटै-छुटै भएपनि मङ्सिर १४ गते हुन लागेको उप निर्वाचनमा भने ३७ जिल्लामा तिनै तहमा निर्वाचन हुनेछ। उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदका लागि निर्वाचन हुन लागेको हो।
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय