हिमाल दैनिक
ग्लोबल टी २०: सोमपालको हक्स फाईनलमा
EBoV1y-WsAAG2Of
नेपाली बलर सोमपाल कामीको टिम विनिपेग हक्स क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा ब्रम्टन उल्भ्सलाई सात विकेटले हराउँदै हक्स उपाधि नजिक पुगेको हो। टस जितेर पहिले ब्याटिङ गरेको उभ्सले २० ओभरमा सात विकेट गुमाउँदै दुई सय रन बनाएको थियो। उसका लागि कप्तान डारेन सामीले ३३ रन बनाउँदा साहिद अफ्रिदी र बाबर हायातले समान ३२–३२ रन बनाए । यस्तै वाहब रियाजले २३ रनको योगदान गरे। यो खेलमा नेपाली बलर सोमपाल कामी बेन्चमा राखिएको थियो । बलिङमा हक्सका रियाद इम्रितले तीन तथा कलीम सानाले दुई विकेट लिए । जवाफमा हक्सले २० ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। उसका जितमा सैमन अनवरले ५२ तथा जेपी डुमीनीले ५० रन बनाए । यस्तै सन्नी सोहेलले ४१ रन बनाउँदा क्रिस लियोनले ३५ रनको योगदान गरे। अब उसले उपाधिका लागि भोलि भ्यानकुभर नाइट्ससँग खेल्नेछ। नाइट्सले पहिलो क्वालिफायरमा ब्राम्प्टनलाई डकवर्थ लेविस पद्धतीको आधारमा ७७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो । शुरुवाती ११ मा स्थान बनाउन नसके पनि सोमपालले १२ औं खेलाडीका रुपमा मैदान प्रवेश गर्दै शाहिद अफ्रिदीको क्याच लिएका थिए। पौल भ्यान मेकेरिनको बलमा १८ दशमलब पाँच ओभरमा आउट भएका अफ्रिदीको क्याच सोमपालले लिएका हुन्।

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६