एनसीसी बैंक लि. र भाटभटेनी मनी ट्रान्सफर प्रा. लि.बीच विप्रेषण सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लि. र भाटभटेनी मनी ट्रान्सफर प्रा. लि. बिच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ।
एनसीसी बैंकले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार, दुई पक्षबीच भएको सम्झौता बमोजिम स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट ग्राहकहरmले भुक्तानी दिन सक्ने छन्।
सम्झौतामा पत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।
एनसीसी बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय