त्रिवि शिक्षण अस्पताल निजी अस्पतालको एजेन्ट भयोः देवप्रसाद गुरुङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका मुख्य सचेतक देवप्रसाद गुरुङले त्रिवि शिक्षण अस्पताल र त्यहाँको प्रशासनले निजी अस्पतालको एजेन्सीको रुपमा काम गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सून्य समयमा बोल्दै सत्तारुढ दलका मुख्य सचेतकले नै सरकारी स्वामित्वमा रहेको अस्पतालको विषयमा यति गम्भिर आरोप लगाएपछि सरकारको कार्यशैलीप्रति पनि गम्भिर प्रश्न खडा भएको छ।
उनले भने, ‘महाराजगञ्जस्थित त्रिवि टिचिङ अस्पतालको इर्मजेन्सीमा भर्ना गरिएका जति पनि विरामीहरु छन् उनीहरुलाई प्राइभेट अस्पतालमा सार्ने र पठाउने गरिएको छ। राज्यको स्वामित्वमा रहेको सरकारी अस्पतालमा उपचार गराउनुको सट्टा निजी अस्पतालहरुमा ट्रान्सफर गराउने जुन कार्य भइरहेको छ त्यसले निजी अस्पतालहरुको निजी एजेन्सीको रुपमा टिचिङ अस्पतालले काम गरिरहेको देखिन्छ। यसलाई अविलम्ब नियन्त्रण गरियोस्।
https://www.facebook.com/himaldainik/videos/2280573811989448/?t=2
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय