हिमाल दैनिक
विभिन्न तहका इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाउने बिषयमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकप)ाको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा इञ्चार्ज र सहइञ्चार्ज चयनको मापदण्डको बिषयमा छलफल भएपनि कुनै टुङ्गोमा भने पुग्न सकेन। मापदण्डका बिषयमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दोहोरो जिम्मेवारी दिन नहुने अडान राख्दै आएको छ भने अध्यक्ष केपी शर्मा ओली पक्षले प्रदेश इञ्चार्जहरु तोक्दा नै त्यो खण्डित भएको तर्क गर्दै आएका छन्। यस बिषयमा पार्टीका द्धितीय अध्यक्ष पुष्पकमल दाहालले भने मध्यमार्गी बाटो अपनाउने बताउदै आएका छन्। बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बिहिबार बिहान ९ बजे बस्ने र इञ्चार्ज तथा सहइञ्चार्जका बारेमा टुङ्गो लगाउने जानकारी दिए। इञ्चार्ज र सहइञ्चार्जका बारेमा छलफल भएपनि नेताहरुबीच कुनै विवाद नभएको उनको दाबी छ। नेकपाले इञ्चार्ज र सहइञ्चार्जका बारेमा टुङ्गो लगाएपछि अन्य एकताका बारेमा छलफल गर्ने तयारी गरेको छ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update