मोदीको बचाउ गर्दै महेश बस्नेतले भनेः कुलमानमाथि अनुसन्धान गरी कारबाही हाेस्

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले छानविन गरी कारबाही गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकको सून्य समयमा बोल्दै सांसद बस्नेतले संसदको सार्वजनिक लेखा समितिको बैठकमा नेकपाकै सांसद अमनलाल मोदीले नेपाल विद्युत प्राधिकरणको ९ अर्ब रुपैयाँ बाँकी बक्यौता उठाउनेबारे प्रश्न उठाउँदा उनीमाथि मिडिया र सामाजिक सञ्जालबाट आक्रमण भएको आरोप लगाए।
उनले भने, ‘अमनलाल मोदीले प्राधिकरणको ९ अर्ब रुपैयाँ बाँकी बक्यौता उठाउनेबारे प्रश्न उठाउनुका साथै भारतबाट खरिद गरिएको पतलैया ट्रान्समिसन लाइनबाट २२५ मेघावाट विजुली खपत गरेपति ६.६८ भारु अर्थात नेपाली १० रुपैयाँ प्रति युनिट तिर्नु पर्नेबारे प्रश्न उठाउनु भयो। यो प्रश्न उठाइसकेपछि कतिपय मिडिया र सोसियल मिडियाले उहाँलाई तल्लो स्तरमा गाली गरेको पनि सुनियो।’
जब कि लेखा समितिको बैठकमा कटारी ट्रान्समिसन लाइनकोबारेमा कुरा उठाएका थिए पतलैयाको बारेमा थिएन।
बस्नेतले थप्दै भने, ‘स्वयं कुलमानजीले मलाई घेराबन्दी गरियो र अनेक आरोपहरु लगाइयो भनेको पनि सुनियो। कुलमानजीले गरेका कतिपय काममा हाम्रो साथ समर्थन र सहयोग छ। माननीय अमनलाल मोदीजीले उठाउनु भएको कुरा गम्भिर छ। यो विषयमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले उचित छाविन गरोस र दोषीहरुमाथि कारबाही गरोस्।’
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय