दाहालले भनेः विप्लव पनि नेकपामा नफर्केर सुखै छैन
नेपाल कम्युनिष्ट पार्टीका द्धितीय अध्यक्ष पुष्पकमल दाहालले हिंसात्मक द्धन्द्धको बाटोमा लागेका नेत्रविक्रम चन्द विप्लवले अपनाएको बाटोले गन्तव्यमा पुग्न नसकिने बताउँदै पुनः आफ्नै पार्टीमा आउन आग्रह गरेका छन्।
पूर्वमाओवादी नेता तथा विप्लव समूहका पोलिटव्यूरो सदस्य पदम राइलाई पार्टीमा प्रवेश गराउँदै पार्टी कार्यालय धुम्रबाराहीमा बोल्दै दाहालले यस्तो आग्रह गरेका हुन्।
‘एक दिन विप्लव पनि आएर यहि पार्टीमा जोडिनु पर्छ। अहिले हिँडेको बाटो गन्तव्यको बाटो होइन, त्यसले जनतालाई दुःख राष्ट्रलाई क्षतिमात्रै दिन्छ,’ उनले भने।
उनले अहिले पनि कम्युनिष्टको नाममा विभिन्न समूह बनाएर जाने अवस्था नभएको भन्दै अहिलेको पहिलो आवश्यकता भनेको प्राप्त उपलब्धीको संस्थागत गरी अघि बढ्नु पर्ने रहेको बताए।
सरकारको नीति तथा कर्याक्रमले र बजेटले तल्लो वर्गलाई लक्षित गरी ल्याएको छ पूर्ण रुपमा नभएपनि समाजवादको बाटोमा जाने क्रममा छौँ भन्दै उलने अन्य साथीलाई पनि विना आग्रह मूल प्रवाहमा समाहीत हुन आग्रह गरे। उनले अहिले कम्युनिष्ट समूह बनाएका सबै आएर बसेर विश्लेषण र छलफल गरी बलियो केन्द्र बनाएर जनताको माग समबोधन गरी विश्वलाई समाजवादी आनदोलनको नयाँ मोडलको सन्देश दिउँ भन्दै यहि नै ऐतिहासिक आवश्यकता भएको बताए।
उनले राईलाई आफैँले हुर्काएको, बढाएको र खुवाए पिलाएको रिसाएर बाहिर जाँदा के खायो होला, के गर्यो होला भन्ने अभिभावको चिन्ता जस्तै चिन्ता भएको र अहिले फर्किँदा खुशी लागेको बताए।
कार्यक्रममा पूर्व सभासद तथा राज्यमन्त्री समेत बनेका राइले अहिलेको अवस्थामा फेरि द्धन्द्धमा गयो भने जनता र राष्ट्रले के पाउँछ भनि सोच्ने क्रममा राष्ट्र र जनताले दुःखबाहेक केहि पाउँदैन भनि आफू नेकपामा प्रवेश गरेको बताए।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय