हिमाल दैनिक
च्याम्पियन्स लिग: पीएसजी र चेल्सी बिजयी
psg-football-club
च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । बुधबार राति भएको पहिलो लेगमा पीएसजीले साबिक विजेता बार्यन म्युनिखलाई ३–२ ले पराजित गरेको हो । पीएसजीले साबिक विजेता बार्यन म्युनिखलाई ३–२ ले पराजित गरेको हो । खेल सुरु भएको ३ मिनेट पनि नबित्दै नेमारको पास केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। त्यस्तै खेलको २८ औं मिनेटमा नेमारकै पासमा मार्क्वीन्होसले गोल गर्दै खेलमा दोब्बर अग्रता लिए। खेलको ३७ औं मिनेटमा बार्यनका चोउपो–मोन्टिङले एक गोल फर्काए। त्यस्तै दोश्रो हाफको ६० औं मिनेटमा थोमस मुलरले थप एक गोल गर्दै खेल बराबरीमा पुराए । खेलको ६८ औं मिनेटमा डि मारियाको पासमा एमबाप्पेले व्यक्तिगत दुई गोल गर्दै पीएसजी लाई जित दिलाए। दोश्रो लेग अब पी एसजीको मैदानमा हुनेछ। त्यस्तै बुधबार भएको अर्को क्वाटरफाइनलको खेलमा चेल्सीले एफसी पोर्टोलाई पराजित गरेको छ । हिजो भएको पहिलो लेगमा चेल्सीले २-० ए पराजित गरेको हो । चेल्सीको जित माउन्ट र चिलवेलले एक गोल गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७