बोलेरो दुर्घटना, चारको मृत्यु, १८ घाइते
                        
                        
                                                
                                            
                        दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका–४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए ।
मृत्यु हुनेमा बिगु गाउँपालिका–३ बुलुङका ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का, २४ वर्षीया चण्डिका थापा र ४५ वर्षीया अजिता खत्री रहेका छन् । दुर्घटनामा परी वडाध्यक्षसहित १८ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडाँैको बिएण्डबी, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

