हिमाल दैनिक
बिस्केट जात्राको चौथौं दिन: हात नभएको लिङ्गो उभ्याइयो
hat -avayeko-lingo-bhaktapur-bisket-jatra
भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको चौथौं दिन मंगलबार भक्तपुरको बोलाछे टोलमा हात नभएको लिङगो उभ्याईएको छ । मंगलबार शुभसाईतमा लिङगो उभ्याईएको हो । संस्कृतिविद्हरुका अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याईने योसिँख्योको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो उभ्याउने प्रचलन सुरु भएको हो । हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो उभ्याउनुको ठूलो महत्व रहेको संस्कृतिविद्हरुले बताएका छन् । हात नभएको लिङ्गो बैशाख ५ गते ढाल्ने प्रचलन छ । लिङ्गो उभ्याईसके पछि गहिटीमा रहेको भैलख खलाँ जुकेगु अर्थात भैरवको खटलाई योसींख्योमा लानको लागि बाटो मिलाएर राख्ने गरिन्छ ।
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update