हिमाल दैनिक
मुम्बई इन्डियनसको सिजनको पहिलो जित
mumbai-vs-kolkata
इन्डियन प्रिमियार लिगको १४ औं संस्करणमा मुम्बई इन्डियनसले पहिलो जित निकालेको छ। मंगबार सिजनको पाचौ खेलमा मुम्बईले कोलकाता नाइट राइडर्स(केकेआर)लाई १० रनले पराजित गरेको छ। मुम्बईका राहुल चाहरले २७ रन बनाएका थिए भने ४ विकेट लिएका छन्। केकेआरका नितिश राणाले लगातार दोश्रो अर्धशतक पुरा गरेका छन् । यो सिजनमा राणाले २ खेलमा कुल १३७ रन बनाएका छन्। मुम्बई केकेआरमाथि सधै नै हाबी हुँदै आएको छ। मुम्बई र केकेआर बीच अहिले सम्म २८ खेल भएको छ जसमा मुम्बईले केकेआरलाई २२ पटक हराएको छ । टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रेको मुम्बई १५२ रनमा आलआउट भएको थियो । त्यसको जबाफमा केकेआरले ७ विकेटको नोक्सानमा १४२ रन बनायो । केकेआरका नितिश राणाले १७ बलमा ५७ रनको पारि खेलेका थिए । यो उनको लगातार दोश्रो अर्धशतक हो । राणाले अहिलेसम्म आइपिएलमा १३ अर्धशतक लागेका छन् । शुभमन गिलले २४ बलमा ३३ रन बनाएका थिए भने मुम्बईका राहुल र ट्रेट बोल्टले २ र क्रुणाल पंड्याले एक विकेट लिएका थिए।
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update