
भक्तपुरको मध्यपुरथिमी क्षेत्रका बासिन्दाले बिहीबार हर्षोल्लासका सिन्दूरजात्रा मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका हुन् । मध्यपुरथिमिका बासिन्दाले मध्यपुरथिमिको टोलटोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएका थिए ।
थिमिमा मात्र मनाइने यस जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारी र थिमिभित्र ३२ खट ल्याएर भव्यरूपमा मनाउने परम्परा छ । यस जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । बुधबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यस जात्रा शुरु भएको थियो । थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागतरूपमा मनाउँदै आएको सो जात्रा अहिले थिमि क्षेत्रमा २३ , नगदेशमा नगदेश, बोडेमा, टिगनी, दक्षिण बाराही, निकोसेरालगायतमा छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरिन्छ ।
एकअर्कामा सौहार्दपूर्णरूपमा सिन्दुर दल्ने, छ्याप्ने र धिमेबाजाको तालसँगै नाच्दै रमाउँदै अति मनोरञ्जनका साथ यो जात्रा मनाउने गरिन्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय