हिमाल दैनिक
कास्कीमा जेठ ७ गतेसम्म निषेधाज्ञा
184511649_4181967091859283_4707872169789472375_n
कोभिड– १९ को संक्रमण तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिंँदै रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८