हिमाल दैनिक
८० वर्षपछि देवी कुमारीको आसन फेरियो
kumari-lalitpur
ललितपुरको जीवित देवी कुमारीको आसन ८० वर्षपछि फेरिएको छ । हरेक दिन नियमित पूजाका लागि देवी कुमारी विराजमान हुने आसन जीर्ण हुँदै गएकाले फेरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिका–१६ वडा कार्यालयको सहयोगमा नयाँ आसन तयार गरिएको हो । अहिले प्रयोग भइरहेको आसन नेपाल संवत् १०६१ मा हर्खराज वज्राचार्य र उहाँका परिवारले प्रदान गर्नुभएको थियो । वरिष्ठ कलाकार प्रचण्ड शाक्यले तयार गर्नुभएको सुन र चाँदी लेपन गरिएको कलात्मक नयाँ आसनमा हालका कुमारी निहिरा वज्राचार्यलाई विराजमान गराइएको छ । कुमारी आसन जीवित देवी कुमारी परम्पराको एउटा महत्वपूर्ण प्रतीक हो । जीवित देवी कुमारीको परम्परालाई अन्तर्राष्ट्रिय जगत्मै नेपालकै एउटा पहिचानका रुपमा लिइन्छ । नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ । रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडादशैंको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पूजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गरिन्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update