हिमाल दैनिक
प्रतिनिधिया सभा विगठनविरुद्धको रिटको सुनुवाई आइतबारका लागि सारिएको छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटन गलत भएको भन्दै प्रमुख पाँच दलले दिएको रिटलाई आज संवैधानिक इजलासले हेर्दाहेर्दैमा राख्दै सुनुवाई आइतबारका लागि सारिएको हो । आजको सुनुवाईमा कानुनविद गोबिन्द बन्दीले संवैधानिक इजलासको गठनमा नै प्रश्न उठेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले रोल क्रमलाई तोडी ५ सदस्य संवैधानिक इजलास गठन गरेका थिए । उक्त इजलासमा रहेका न्यायाधीश बम कुमार श्रेष्ठलाई इजलासमा राख्न नहुने तर्क कानुनविद बन्दीले उठाएका थिए । बन्दीले भने,'नेकपा पार्टी उहाँको इजलासले दुईटुक्रा बनाइदियो, उहाँबाट कसरी प्रभावित हुँदैन?' उनले यस मुद्दामा श्रेष्ठको सहभागिताले प्रश्न उठ्ने काम भएको बताए । प्रधानन्यायाधीश राणाले व्यक्तिका बारेमा प्रश्न नउठाइ श्रेष्ठलाई न्यायाधीशको रुपमा हेरिदिन आग्रह गरे । न्यायाधीश श्रेष्ठ र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले फाल्गुन २३ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई भंग गरि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युताइदिएका थिए। त्यस्तै महान्यायाधीवक्ताले पनि बन्दीलाई बहसमै रोक लगाउनुपर्ने तर्क राखेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update