हिमाल दैनिक
प्रतिनिधि सभा विगठनविरुद्धको रिटको सुनुवाई आज पनि जारी हुँदैछ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटन गलत भएको भन्दै प्रमुख पाँच दलले दिएको रिटको सुनुवाई आज तेस्रो दिन पनि जारी हुँदैछ । यस अघिका दुई सुनुवाईमा संवैधानिक इजलासको गठनका बिषयमा विवाद भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्‍शेर राणा नेतृत्वको संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुको बिषयमा कानुनविदहरुले प्रश्न उठेका थिए । शुक्रबार प्रधानन्यायाधीश राणाले संबिधानको धारा १३७ को (१) अनुसार आफुसहित ४ न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर के सी र वमकुमार श्रेष्ठ रहेको ५ सदस्य टोलि गठन गरेका थिए । तर उक्त इजलासमा रहेका न्यायाधीश श्रेष्ठ र न्यायाधीश केसी माथि प्रश्न उठेको थियो । न्यायाधीश श्रेष्ठले तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई भंग गरि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युताइदिएका थिए भने न्यायाधीश केसीले उक्त फैसला पुनरावलोकन गर्न अस्वीकार गरेका थिए । जसका कारण कानुनविदहरुले वरिष्ठताको आधारमा इजलास तोक्न प्रधानन्यायाधीशलाई अनुरोध गरेका थिए ।आजको इजलासमा राणाले संवैधानिक इजलासको सूची परिवर्तन गर्न सक्ने अड्कलबाजी गरिएको थियो। तर, राणाले संवैधानिक इजलासमा न्यायाधीश परिवर्तन नगरी यथावत रुपमा सुनावाइ अगाडि बढाएका छन् । रोल क्रममा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान रहेका छन् ।  
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update