प्रतिनिधिसभाविरुद्ध परेका रिटमाथि सुनुवाई सुरु
प्रतिनिधिसभाविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ ।
प्रतिनिधि सभा विगठनविरुद्धको रिटको आज सुनुवाई भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटन गलत भएको भन्दै बिपक्षी गठबन्धनले दायर रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाई भईराखेको छ ।
सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आजै वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् । संसद विगठनविरुद्ध परेका ३० मुद्दाको सुनुवाई गर्न राणाले आफुसहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेको ५ सदस्य टोलि गठन गरेका हुन्।
यस पटक भने राणाले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् । इजलासको अघिल्लो पटक विवादमा परेका न्यायाधीशद्वय तेज बहुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखेका छैनन् । वरिष्ठताको आधारमा हेर्ने हो भने इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ र हरि कृष्ण श्रेष्ठको नाम अघि छ । तर,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले होम आइसोलेसनमा रहेका छन् भने हरिकृष्ण श्रेष्ठले यस अघि परेको संसद विगठनको मुद्दामा ‘हेर्न नमिल्ने’ राय दिंदै यसबाट अलगिएका थिए । पुस ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि स्वार्थ बाझिने भन्ने प्रश्न उठेको थियो । जसका कारण राणाले यी दुई न्यायाधीश पछिका न्यायाधीश खतिवडा र न्यायाधीश भट्टराईलाई इजलासको बेन्चमा राखेका हुन् ।
यसअघि राणाले दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र वमकुमार श्रेष्ठलाई इजलासमा रहेका थिए । तर, नेकपा विभाजनसम्बन्धी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसीलाई इजलासबाट हटाउन कानुन विदहरुको माग गर्दै आएका थिए ।
मंगलबार दुवै न्यायाधीशले त्यो मुद्दाको प्रतिनिधिसभा विघटनसँग सम्मबन्ध नभएको भन्दै इजलासबाट अलग हुन अस्वीकार गरेपछि इजलासका सदस्यहरु दिपक कार्की र आनन्दमोहन भट्टराईले त्यसमा असहमति व्यक्त गर्दै इजलासमा नबस्ने घोषणा गरेका थिए।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय